अत्तरिया महोत्सवमा मंगलबार मात्रै १८ लाखको टिकट बिक्रि

अत्तरिया – कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा एकैदिन १८ लाखको टिकट विक्रि भएको छ । मंगलबार महोत्सवको छैटौ दिन हालसम्मकै सबैभन्दा बढी १८ लाख बराबरको टिकट विक्रि भएको आयोजक अत्तरिया उद्योग वाणिज्य संघले जनाएको छ ।

maya metro hospital

संघका महासचिव शंकर खड्काका अनुसार महोत्सवमा मंगलबारको टिकट विक्रिबाट मात्रैै उक्त रकम संघलाई प्राप्त भएको छ । उनले बढी रकम उठ्ने अवस्था भएपनि भिडभाडका कारण करिब २÷३ हजार भन्दा बढी दर्शकहरु टिकट नकाटेरै भित्र छिर्दा केही कम हुन गएको बताए ।

citizen security services

‘हिजो (मंगलबार) दर्शकहरुको संख्या उल्लेख्य थियो, गेटमा रोक्न सकिने अवस्था भएन’ उनले भने ‘गेटका सुरक्षाकर्मी सहितलाई धकेलेर करिब २÷३ हजारको हाराहारीमा दर्शकहरु टिकट बिनै भित्र छिरे, जसकारण हिजो हामिले केही रकम टिकटमा गुमायौँ ।’ मंगलबार महोत्सवमा नायक पल शाह, गायिका एलिना चौहान लगायतको प्रस्तुती रहेको थियो ।

attariya hospital

पल शाहलाई हेर्नको लागि पनि मंगलबार दर्शकहरु बढी मात्रामा उपस्थित भएका संघका कोषाध्यक्ष हेम भण्डारीले जानकारी दिए । उनले पछिल्लो समय पल शाहको क्रेज बढेको बताउदै अत्तरियाको महोत्सवमा पनि उक्त दृश्य देखिएको बताए । उनले महोत्सवका हालसम्मका संस्करणहरु मध्ये मंगलबार सबैभन्दा बढी रकम उठेको समेत बताए ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.