दाङ दुर्घटनामा साहित्यकार पाण्डेयको निधन, कैलालीबाट फर्किरहेका थिए

काठमाडौँ- समालोचक तथा वामपन्थी चिन्तक प्राध्यापक डाक्टर ताराकान्त पाण्डेयको निधन भएको छ । नेपालगञ्जबाट काठमाडौँ आउने क्रममा दाङको भालुबाङमा भएको बस दुर्घटनामा उनको निधन भएको हो ।

maya metro hospital

प्रगतिवादी साहित्यमा समर्पित उनी इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत थिए । हाल उनी मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार तथा स्कुलिङ विभाग सदस्य थिए । पार्टीले कैलालीमा आयोजना गरेको स्कुलिङ कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको दुर्घटनामा परी निधन भएको हो ।

२०१७ असोज ८ गते रुपन्देहीमा जन्मेका उनी २०३६ सालदेखि नेपाली साहित्यमा निरन्तर सकृय थिए । उनका भूमिका र मूल्याङ्कन (२०५३), प्रगतिवाद र कविता (२०५६), देवकोटाको व्यङ्ग्य व्यक्तित्व (२०५८), अर्थभ्रान्तिको उत्तर चेतनाका विरुद्ध (२०६७), अर्थको आनन्द (२०६८), समय र सिर्जना (२०६८) जस्ता समालोचना प्रधान कृतिहरु प्रकाशित थिए । उनले विसं २०५७ सालको पारिजात सिर्जन पुरस्कार पाएका थिए ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.