अत्तरिया- अत्तरियाको महिला तथा बालबालिका सेभ हाउसलाई दाउरा र खाद्यान्न सहयोग गरिएको छ । गोदावरी नगरपालिका-४ मा रहेको बासकोटा सामुदायिक वन उपभोक्ता समितिले सो सेभ हाउसलाई दाउरा र खाद्यान्न सहयोग गरेको हो ।

शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चाउचाउ, चामल, नुनलगायतको खाद्यान्न र दाउरा सहयोग गरिएको हो । चिसो बढ्दै गइरहेकाले आगो ताप्ने प्रयोजनका लागि दाउरा सहयोग गरिएको बताइएको छ ।

गोदावरी-२ अत्तरियास्थित उक्त सेभ हाउसमा अहिले ३५ बालबालिका र ७ पीडित महिला रहेका सेभ हाउसकी अध्यक्ष जानकी मलासीले बताइन् ।
