अत्तरियास्थित प्रगती सहकारीको वार्षिक साधारण सभा सम्पन्न

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ अत्तरियामा रहेको प्रगती बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमका बिच संस्थाको १२औ वार्षिक साधारण सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष करुणाकर पाण्डेयको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि ज्येष्ठ नागरिक चक्र बहादुर कडायत रहेका थिए ।

maya metro hospital

२०६८ सालमा ३५ जनाबाट सुरु भएको सहकारीमा आर्थिक वर्ष २०७९/०८० असार मसान्त सम्म ५६५ जना शेयरसदस्य रहेका छन । संस्थाको स्थापनाताकाको शेयरपुँजी ४ लाख ९५ हजार रहेकामा हाल उक्त शेयरपुँजी बढेर ३८ लाख ४३ हजार ७ सय रुपैया पुगेको छ ।

citizen security services

संस्थाले आर्थिक वर्ष २०७९/०८० को असार मसान्त सम्म १ करोड ८५ लाख ७२ हजार ३५५ रुपैयाको कारोबार गरेको छ । जसवाफत संस्थाले २ लाख ९४ हजार ८६६ रुपैया खुद नाफा आर्जन गर्न सफल भएको छ ।

attariya hospital

संस्थाको साधारण सभामा विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । संस्थाका उपाध्यक्ष प्रताप सिँ कडायतले स्वागत मन्तव्य व्यक्त गरेको साधारण सभाको सञ्चालन संस्थाका कोषाध्यक्ष विर बहादुर कडायतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.