बित्तिय अनुशासन आफैमा एक महत्वको बिषय हो । मानिसले दैनिक जिवनमा आर्थिक क्रियाकलापसंग सम्बन्धीत भएर कुनै न कुनै काम गरिरहेका हुन्छन । पछिल्लो समय बित्तिय अनुशासनको कमिको कारण मानविय जिवन अस्तव्यस्त बनेको छ । वास्तवमा बित्तिय अनुशासन भन्नाले दैनिक जिवनयापन गर्ने क्रममा मानिसले कमाएको पैसाको सहि सदुपयोग संगै पैसाको सहि व्यवस्थापन तथा बैधानिक आम्दानी बित्तिय अनुशासन हो । यो सम्बन्धमा हाम्रा विभिन्न महापुराणमा उल्लेख गरेको पाईन्छ ।
कति महत्व छ पैसाको । आजभोलि सापट हराएको छ । पैचो सिधिएको छ । बेठो ध्वस्त भएको छ । एक अर्कालाई पैसाले जित्न प्रतिस्पर्धामा उत्रिएका छन । कसरि कस्ले कस्लाई जित्ने यसैमा लागेका छन् सबै । धनिराम बैक बित्तिय संस्थाको कर्जा नतिर्ने जिद्धीमा समाजलाई उचाल्दै बसेको छ । मुर्गाराम समाजमा अराजकको बिजारोपण गर्न तल्लीन छ । श्यामप्यारीलाई दिएको सापट आजभोलि मिटरब्याज भएको छ । अन्तरामले लिएको कर्जा नतिर्ने आन्दोलनमा लागेकाछन् ।


देश अराजकको सिमा नाघेको छ । नेताज्युले अन्र्तराष्ट्रिय कर्जा नतिर्ने आन्दोलन ल्याउन सहमति गर्दै छ । हाम्रो धर्मशास्त्रमा लेखिएका ति निति च्यातिएका छन्, हाम्रा ग्रन्थका ति काब्यमा बित्तिय अनुशासनका सबै हरफ हराएका छन्, अब कस्लाई कसरि के भनेर बुझाउने बित्तिय अनुशासन के हो ? यस्को महत्व कति छ भनेर । हामिले पढेका अर्थका कुरा ति अर्थसास्त्रमा मात्र सिमित भए । अर्थसम्बन्धी कुनै ज्ञान नभएको पल्लाघरे बेईराम आजभोलि अर्थशास्त्री बनेको छ । उस्का ति अराजक बाणि समाजले पत्याएका छन । अनि बित्तिय अनुशासन बिर्सिएका छन् ।
हिजो खुत्रुकेमा पैसा जम्मा गर्ने कान्छी दिदि आज बैकमा पैसा जम्मा गर्ने भईन, अस्ति साहुसंग कर्जा लिने ठुलि दिदि आज बित्तिय संस्थाबाट कर्जा लिने भइन्, हिजो अरुको लिएको सापट कर्जा फिर्ता गर्नुपर्छ भन्ने रामे आज धनिरामको कुरामा लागेर खाएको कर्जा नतिर्ने आन्दोलनमा लागेको छ ।
हामि कति बदलियौ हाम्रो समाज कति बदलियो इमान्दारी नेपालको पहिचान आज हराउनै गएको छ । हिजो कसैको एक रुपैया नखाई हाईवेमा ४ कोठे पक्कि घर लगाउदा हातमा आएका ठेलालाई थाहा छ बित्तिय अनुशासनको महत्व । अनि थाहा छ मेरा ति ईमान्दार गाउले जस्ले कसैको एक रुपैया नखाई छोरालाई क्याम्पस पढाए । एक एक रुपैया जम्मा गरि आफ्ना आवश्यकता पुरा गरे अनि केहि आवश्यकता लाई मन भित्र बन्देज गरे । खाएको पचाउनुपर्छ भन्ने जत्था लिदै भाषण गर्ने पटमुर्ख बेईरामलाई र त्यो धनिरामलाई के थाहा इमान्दारिताको पैसाको महत्व ।


















