धनगढी – सुदूरपश्चिम सरकारले शुक्रबार ललितपुरको बालकुमारी घटनामा मारिएका अछामको चौरपाटी गाउँपालिकाका २२ वर्षीय वीरेन्द्र शाहको परिवारलाई क्षतिपूर्ति स्वरुप दुई लाख रुपियाँ दिने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले शाहको निधनले आफू दुःखी भएको बताउदै परिवारजनको पीडामा मल्हम लगाउन दुई लाख रुपियाँ राहत दिने बताए ।

शाहको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दे धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अघि प्रदर्शन भएको छ ।

प्रदर्शनकारीले मृतकको शव अछाम पुर्याउनु पर्ने, मृतकलाई शहीद घोषणा, परिवारलाई उचित क्षतिपूर्ति, आफन्तलाई रोजगारी र आमाबुवालाई पालनपोषण गर्नुपर्ने लगायतका आठ बुँदे माग राखेको मृतकका आफन्त भरतबहादुर शाहले बताए ।













