अत्तरिया – नवजीवन सहकारीको अत्तरिया शाखामा एकाईगत साधारण सभा सम्पन्न भएको छ । आइतबार सहकारीको ३० औं साधारण सभा अन्तरगत अत्तरिया शाखामा इकाईगत साधारण सभा सम्पन्न भएको हो ।

सहकारीका अध्यक्ष देव बहादुर बमको सभापतित्वमा भएको एकाईगत साधारण सभाका प्रमुख अतिथि गौरीगंगा नगरपालिकाका प्रमुख देविदत्त कडेल रहेका थिए । धनगढीमा प्रधान कार्यालय रहेको नवजीवको मंसिर ३० गते ५ वटा इकाईहरुबाट छनोट भएका प्रतिनिधि सहभागि गराई सम्पन्न गरिने छ ।

हाल नवजीवनको बाँसगढी बर्दिया, कैलालीको टीकापुर, जोशीपुर, सुखड, अत्तरिया, चौमाला, राजपुर, हसुलिया र कञ्चनपुरको आइबिआरडीमा शाखा तथा सेवा केन्द्र रहेका छन ।
५० करोड अधिकृत शेयर पूँजी रहेको सहकारीको चुक्ता सेयर पूँजी २८ करोड २४ लाख ५४ हजार रहेको छ ।
सहकारीमा हाल ३२ हजार १४० सेयर सदस्य रहेका छन । संस्थाले २०८० असार मसान्त सम्म ४ अर्ब ४१ करोड ४५ लाख ४१ हजार निक्षेप संकलन गरेको सहकारीको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।















