खाेज्नुहाेस

अत्तरिया उद्योग वाणिज्य संघका मनोनित कार्यसमिति सदस्यहरुले लिए सपथ

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । संघको सदस्यमा मनोनित भएका यसोदा भट्ट चोखाल, तेज कार्की र रमेश बोगटीले शुक्रबार अत्तरिया स्थित सघको कार्यालयमा सपथ ग्रहण गरेका हुन् ।

navjiwan hospital

मनोनित सदस्यहरुलाई संघका अध्यक्ष कल्याण सिंह बोहराले सपथग्रहण गराएका थिए । अत्तरिया उद्योग वाणिज्य संघमा गत असार २३ गते कल्याण सिंह बोहराको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो ।

attariya hospital

चोखाललाई समितिले निर्वाचित भएलगत्तै मनोनित गरेको थियो भने कार्की र बोगटीलाई मंसिर ५ गतेको वैठकले कार्यसमिति सदस्य पदमा मनोनित गरेको थियो ।

संघको विधानमा निर्वाचित समितिले एक महिला सहित तीनजनालाई कार्यसमिति सदस्यमा मनोनित गर्न सकिने व्यवस्था छ ।