धनगढी – कैलाली उद्योग बाणिज्य संघले आयोजना गर्ने सुदूरपश्चिम महोत्सवको टिकट खल्ती एपबाट काट्न सकिने भएको छ ।
महोत्सवको गेटमा टिकट काट्न भिडभाड हुने भएकाले यस बर्ष मोबाइलमै खल्ती एप प्रयोग गरेर टिकट काट्ने व्यवस्था गरिएको कैलाली उद्योग बाणिज्य संघले जनाएको छ ।

यस बर्षको महोत्सव अवलोकनको लागि विद्यार्थीका लागि ५० र साधारणाका लागि १०० रुपैया टिकट तोकिएको छ । महोत्सवमा फरक क्षमता भएका व्यक्तिहरुको लागि भने निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

महोत्सव धनगढीको पशुपति टोलमा मंसिर २२ देखि पुस २ गते सम्म सञ्चालन हुँदैछ । ११ दिन सम्म चल्ने महोत्सवमा चौधरी सामुदाय को खानपिन र थारु संस्कृति झल्किने संघरालय समेत राखिएको छ ।

महोत्सवमा ४ सय स्टलहरु रहने जनाइएको छ । महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम रहेको कैलाली उद्योग बाणिज्य संघले जनाएको छ ।
