काठमाडौँ- सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज मूल्य बढेर नयाँ रेकर्ड बनेको हो । आज सुन तोलाको एक लाख २० हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रवार प्रतितोला एक लाख १९ हजारमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेर तोलाको एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलाको एक हजार ५ सय ४० रुपैयाँ थियो ।