खाेज्नुहाेस

शुक्लाफाँटाका तीन खोला ठेक्कामा लगाउने तयारी

Image
file photo

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका तीन खोला ठेक्कामा लगाउने तयारी गरिएको छ । नगरभित्र रहेका तीन वटा खोला ठेक्कामा लगाउनका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गर्न सार्वजनिक सुनवाई गरिएको छ ।

आइतबार परामर्शदाता सिद्दार्थ इन्भाइरोमेन्टल सर्भिसेजको आयोजनामा शुक्लाफाँटा–८ स्थित गौडी, घरकटुवा र अनौखी खोलाबाट ढुंगा, बालुवा र गिट्टी उत्खनन् तथा संकलन कार्यका लागि सरोकारवालासँग छलफल गरिएको हो ।

attariya hospital
navjiwan hospital

सार्वजनिक सुनवाई कार्यक्रममा सहभागीहरुले खोलाहरुको ठेक्का लगाउनुपर्नेमा जोड दिएका छन् । बस्तीमा असर नपर्ने गरि नदी तथा खोलाहरुको ठेक्का लागाउनुपर्ने स्थानीय केशवसिंह धामीले बताए ।

नदीजन्य पदार्थ गरेपछि आवतजावत गर्ने सडकमा नियमित पार्ने छर्किनुपर्ने कृष्ण ठगुन्नाले बताए । नदीजन्य पदार्थको उत्खनन् गर्दा नगरपालिकालाई हुने आम्दानीको कोही रकम प्रभावित क्षेत्रमा लगाउनुपर्ने स्थानीय सोभानसिंह ठगुन्नाले बताए।

बातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदनको आधारमा नदीजन्य पदार्थ उत्खनन् गरिने नगर प्रमुख रणबहादुर महराले बताए । नदीजन्य पदार्थ उत्खनन्को ठेक्का लगाउँदा हुने आम्दानीबाट केही प्रतिशत रकम प्रभावित क्षेत्रमा लगानी गरिने उनको भनाई छ ।