काठमाडौँ- सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलाको १ लाख १६ हजार २ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।