अत्तरिया – कैलालैको गोदावरीमा रहेको एक क्लिनिकमा सुइ लगाउँदा बालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका–५ गेटास्थित डिलासैनी क्लिनिकमा उपचारका लागि लगिएका गोदावरी–५ गेटाका ५ वर्षिय बालक सम्राट ऐर सुइ लगाइएपछि मृत्यु भएको हो ।

बालकको मृत्यु भएपछि क्लिनिकका सञ्चालक धनगढी उपमहानगरपालिका–१३ श्रीलंकाका दिनेश धामी र नविन धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सञ्चालक दिनेशले आफ्नो अनुपस्थितिमा भाई नविनलाई सुई लगाउन अह्राएका थिए ।

ज्वरो आएपछि उपचारका लागि बुधवार साँझ क्लिनिक लगिएका ऐरको क्लिनिक सञ्चालक दिनेश धामीका भाई नविन धामीले सुई लगाएपछि ऐर अचेत भएका थिए ।
अचेत भएका ऐरलाई धामीले स्कुटरमा राखेर तत्काल माया मेट्रो अस्पताल पु¥याएका थिए । अस्पताल पु¥याउनुअघि नै बालकको मृत्यु भईसकेको प्रहरीले जनाएको छ ।