बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

बैतडी –बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।  डिलाशैनी गाउँपालिका ७ का ५० बर्षीय नरेन्द्रबहादुर ऐरको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।

Karma Consultancy

सोमबार राति ८ बजे घरबाट स्थानीय बजार द्वाली जान्छु भनि हिँडेका ऐर मनेकुडास्थित बाटोबाट लडेर २ सय मिटर तल खसी मृत अवस्थामा फेला परेका हुन् ।

citizen security services

ऐरको शव मंगलबार बिहान फेला परेको हो । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.