बैतडी – बैतडीमा अटो दुर्घटना भएको छ। दोगडाकेदार गाउँपालिका–६ पञ्ज्युनयाँबाट गोकुलेश्वरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ह २००३ नम्बरको अटो दुर्घटना हुँदा २ जना घाइते भएका हुन ।


अटो विद्युतको पोलमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए। अटो दुर्घटना हुँदा अटो चालक डिलाशैनी गाउँपालिका–६ का करनराम लुहार र अटोमा सवार दोगडाकेदार गाउँपालिका–१ रीमकी निर्मला साउँद घाइते छन्।

दुवै जनाको दार्चुलाको गोकुलेश्वरस्थित मालिकार्जुन अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताए।
