खाेज्नुहाेस

कैलालीमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

Image

धनगढी – कैलालीमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। मोहन्याल गाउँपालिका–४ को बजेडीमा डोकेबजारबाट खिमडीतर्फ गइरहेको भे १ ज ६१६३ नम्बरको जिप शुक्रबार साँझ दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ।

navjiwan hospital

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घाइते हुनेमा डोटीको बडिकेदार गाउँपालिका–३ की ५० वर्षीया सरिता बुढा, बडिकेदार गाउँपालिका–३ का ३३ वर्षीय मनिस रोक्का, मोहन्याल गाउँपालिका–४ की ३३ वर्षीया धनसरा मास्के र ३९ वर्षीया कमला पुनमगर रहेका छन्।

attariya hospital

चालक २५ वर्षीय रामबहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।