कैलालीमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

धनगढी – कैलालीमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। मोहन्याल गाउँपालिका–४ को बजेडीमा डोकेबजारबाट खिमडीतर्फ गइरहेको भे १ ज ६१६३ नम्बरको जिप शुक्रबार साँझ दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ।

maya metro hospital

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घाइते हुनेमा डोटीको बडिकेदार गाउँपालिका–३ की ५० वर्षीया सरिता बुढा, बडिकेदार गाउँपालिका–३ का ३३ वर्षीय मनिस रोक्का, मोहन्याल गाउँपालिका–४ की ३३ वर्षीया धनसरा मास्के र ३९ वर्षीया कमला पुनमगर रहेका छन्।

joshi vada pasal 2

चालक २५ वर्षीय रामबहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.