खाेज्नुहाेस

सुनको मूल्य अहिलेसम्मकै उच्च

Image
file photo

नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च पुगेको छ। आज १ हजार रुपैयाँले बढेर सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँ कायम भएको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा किनबेच भइरहेको छ। तेजाबी सुनको मूल्य १ लाख १६ हजार ४५० रुपैयाँ पुगेको छ।

attariya hospital
navjiwan hospital

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला सुनको मूल्य १ लाख १६ हजार रुपैयाँ पुगेको थियो। आज सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। १५ रुपैयाँले बढेर चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

शुक्रबार चाँदी १४ सय रुपैयाँ कारोबार भएको थियो। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर नेपाली १३२ रुपैयाँ ९० पैंसा र बिक्रीदर १३३ रुपैयाँ र ५० पैंसा कायम गरिएको छ।

इजरायल-प्यालेस्टिन द्वन्द्व र अमेरिकी डलरको विनिमय दर थप मजबुत भएका कारण विश्वबजारमा यस साता सुनको मूल्यमा उच्च अंकले वृद्धि भएको बताइएको छ। विश्वव्यापीरूपमा भएको मूल्यवृद्धिको प्रभाव आन्तरिक बजारमा परेको हो।

इजरायल-प्यालेस्टिन द्वन्द्वको प्रभाव र अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिका कारण लगानीकर्ता सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित भएपछि सुनको मूल्य वृद्धिमा चाप परेको जानकारी बताउँछन्।