अत्तरिया – कैलालीको अत्तरिया चोकमा रहेको दुर्गा मन्दिर सेवा समितिको अध्यक्षमा प्रताप कडायत चयन भएका छन । मन्दिरको पहिलो साधारण सभाबाट कडायतको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा नबराज आचार्य, सचिवमा खेमराज भण्डारी, कोषाध्यक्षमा कौशिला खर्कबाल, सह–सचिबमा उत्तिमा बुढा ओली चयन भएका छन् ।

समितिको सदस्यमा दिपक राज भट्टराई, निर्मला भन्डारी जोशी, बालकृष्ण जोशी र लाल बहादुर थापा चयन भएको निवर्तमान अध्यक्ष कृष्ण ओझाले बताएका छन ।
मन्दिरको साधारण सभाको औपचारीक उद्घाटन असोज ६ गते गरिएको भएपनि मन्दिर सेवा समिति भने बुधबार मात्रै चयन गरिएको हो ।