तराई मरभूमि बन्ने खतरा

अत्तरिया – चुरे क्षेत्र हिमालय पर्वत शृङ्खलाको सबभन्दा दक्षिणमा रहेको कमलो र सबभन्दा कमजोर पर्वत शृङ्खला हो । विज्ञहरूका अनुसार तराईका निम्ति चुरे क्षेत्रले भूमिगत जल भण्डारको रुपमा काम गरेको हुन्छ । चुरे सकिने बित्तिकै भावर अनि त्यसपछि तराईको समथर भूभाग रहेको छ । तराईमा पानीको मुख्य स्रोत भूमिगत जल रहेको छ । त्यो भूमिगत जल चुरेका कारण नै संरक्षण भएको विज्ञ बताउन्छन ।

maya metro hospital

उनीहरुका अनुसार चुरे भावर क्षेत्रले सोसेको पानी नै तराइको जमिनमुनी भण्डारण हुने गरेको छ । चुरे विनास भएमा तराइ मरभूमिमा परिणत हुने उनीहरुको चिन्ता छ ।

बाह्रवन साझेदारी समितिका अध्यक्ष ठक्कर विक्रम शाहीले चुरेमा अहिलेको अवस्थामा अतिक्रमण भइरहे अवको ५० बर्षमा तराई मरभूमि बन्ने बताए । उनले तराइमा पानी पाउन छोडे यो क्षेत्र बस्न अयोग्य हुने बताए । उनी चुरेको जुनसुकै हालतमा पनि संरक्षण गर्नको लागि सेना परिचालन गर्न पनि सरकार पछि हट्न नहुने बताए ।

attariya hospital

नेफकका केन्द्रिय सचिव टिकादत्त जोशी पनि सरकार चुरे संरक्षण गर्न गम्भिर बन्नुपर्ने बताउन्छन । उनले चुरेको संरक्षण गरेर तराईलाई मरभूमि हुनबाट जोगाउनु पर्ने बताए । फेकोफनकी गोदावरी नगर अध्यक्ष यादी रावतले चुरे संरक्षण लागि धेरै कार्यक्रम भएपनि कार्यक्रम कार्यक्रम मै सिमित भएको बताइन । उनले चुरे संरक्षणका लागि सरकारले प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताइन । चुरे जोगाउन मछेली, गोदावरी, खुटिया नदीबाट नदीजन्य पदार्थ निकाल्दा विशेष ध्यान दिनुपर्ने उनको तर्क छ ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले गरेको अध्ययन अनुसार चुरेमा भएको वन अतिक्रमण, भूक्षय, वनको डडेलो, वाढी, नदी कटान, नदीजन्य पदार्थको दोहन, अनुपयुक्त खेती प्रणाली, श्रोत संरक्षणमा जनचेतनाको कमीका कारण चुरे जोखिममा परेको छ । नेपालको चुरेलाई संसारको कान्छो पहाडका रुपमा लिइन्छ । यो क्षेत्र अन्य क्षेत्रभन्दा कमलो रहेकोले यहाँ भू–क्षयको जोखिम पनि उच्च रहेको हुन्छ । जोखिममा रहेको चुरेको संरक्षण नगरिए तराइ क्षेत्र मरभूमि बन्न धेरै समय नलाग्ने विज्ञहरुको भनाइ छ ।

अलिहे पनि तराई क्षेत्रमा पानीका श्रोत घट्दै गएका छन । कञ्चनपुरको चुरेको तुलनामा कैलालीको चुरे क्षेत्र बढी जोखिममा रहेको छ । पछिल्लो समय सरकारले तराई देखि पहाड जोड्ने दर्जनौ सडक पनि निर्माण गरिरहेकाले पनि चुरे जोखिममा छ । चुरेका स्थानीय नरेन्द्र सिह घामीले चुरेका माटो कमलो भएकाले चुरेमा आवादी बसेमा यो क्षेत्र झन जोखिममा पर्ने बताए ।

चुरे तराईको भुमिगत जलको श्रोत मात्रै नभएर यो क्षेत्र जैविक विविधता भएको क्षेत्र पनि हो । सरकारले २०६६ सालदेखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सुरु गरेको छ । २०७१ सालको असारमा सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति गठन गरेर चुरे संरक्षण क्षेत्रको रूपमा घोषणा गरेको थियो ।

उक्त विकास समितिकै अग्रसरतामा चुरे तराई मधेस संरक्षण तथा व्यवस्थापन गुरुयोजना २०७४ सालमा बनेको छ । उक्त गुरुयोजनाले २० वर्षसम्मको निम्ति चुरे क्षेत्रको सर्वाङ्गीण विकासका लागि अढाई खर्ब रुपैयाँ लाग्ने योजना बनाएको छ । जसमा पहिलो पाँच वर्षमा झन्डै ८१ अर्ब, त्यसपछिको पाँच वर्षमा ६७ अर्ब र अन्तिम १० बर्षमा ५१ र ४९ अर्ब चेरे क्षेत्रमा लगानी गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.