स्क्रब टाइफस  : लक्षण चिन्ह तथा उपचार

स्क्रब टाइफस (scrub typhus) मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा(mite) काे टाेकाईबाट सर्दछ । याे राेग mite मा पाईने orentia Tsutsugamushi भन्ने जिवाणु ले हुन्छ।

Karma Consultancy

-याे राेग पहिला जापानमा १९३० मा Miyajima mikinosuke ले पत्ता लगाएका हुन।
जुन किटाणु सङ्क्रमित मुसा र छुचुन्द्राबाट mite chigger(सानो भुसुना)ले मानबमा टोकेमा सर्छ।

citizen security services

-यो भुसुना बर्षायाममा जङ्गल,जङ्गल फडानी भएको ठाउँ,घासपात र झारपात, घरवरिपरिका झाडी, भएको ठाउँ तथा नदि किनारामा बढी पाइन्छ।
-यसको प्रमुख लक्षण धेरै ज्वोरो आउने,टोकेको ठाउँमा सानो घाउ आउने,घाँटी र गर्दन भागमा ससाना बिमिरा आउने र lymph nodeसुनिने जस्ता लक्षण देखा पर्छ।

attariya hospital

संक्रमण अवधि ( incubation period):-१०-१२ दिन

चिन्ह तथा लक्ष्यणहरु:-

-धेरै ज्वराे आउने(१०४°F भन्दा बढी),काप ज्वराे समेत आउन सक्छ ,
-धेरै टाउकाेदुख्ने,
-हल्का खोकी लाग्ने
-आँखा रातो भै चिप्रा आउने
-Lymph node सुनिने
-ढाड/कम्मर जिउ धेरै दुख्ने
-किर्ना जस्ताे देखिने किरा(mite) ले टाेकेकाे ठाउँमा -राताे डाबर जस्ताे दाग देखिन सक्छ ,
-टाेकेकाे ठाउँमा पछि गएर कालाे दाग बस्न सक्छ ,
-झाडापखाला ,
-नाडिको धड्कन बढ्नु
-बिस्तारै शरिरका मुख्य अंगहरुले काम गर्न छाडनु,
समयमै उपचार नभएमा कडा खालको श्वासप्रश्वास समस्या जस्तै दम बढने, सास फेर्न गार्‍हो हुने र बिरामी सिकिस्त समेत हुन सक्छ ।
-बिरामी बिसाक्त देखिएर अन्त्यमा मृत्यु हुनु ।

belauri nagarpalika

-यो रोग लाग्ने बितिकै घाउ र बिमिरा नदेखिन सक्छ ।
1/2 हप्ता पछि मात्र देखिन्छ । या नदेखिन नि सक्छ । या कुनै भित्री भागमा एउटा हुन सक्छ । जुन घाउ नदुखने नपोल्ने पिप नआउने हुन्छ र पछि आफै खाटा बनी निको हुन्छ र कहिलेकाही सुरुमै उपचार गरेनि देखिन्न ।

यो रोगले हुने जटिलताहरु:-
१.मृगौला फेल हुनु ,
२.मुटु फेल हुनु,
३.कडा निमोनिया हुनु,
४.मस्तिष्क ज्वोरो आउनु,
५.रगत जम्नु

राेग पत्ता लगाउने बिधि :-
रगत जाँच:(Blood CBC ) :सुरुमा WBC घट्ने र पछि बढ्ने हुन सक्छ।
२.स्क्रब टाइफसको एन्टिजिन/एन्टिबडी test पोजेटिभ आउने

राेकथामका उपायहरु
१.मुसा र छुचुन्द्रको नियन्त्रण गर्ने,
२.स्क्रब टाइफस भएको क्षेत्रमा जादा PPE लगाउने र chemoprophylaxis काे रुपमा cap. doxycycline 100 mg 2 cap खाएर जाने,
३. यस राेग बारे समुदायमा जनचेतना फैलाउने,
(४) भुसुना नियन्त्रण गर्न संबंधित निकायमा गएर पहल गर्ने,
४.खेतवारीमा काम गर्दा, वनजङ्गल/झाडीमा जादा वा घाँस काटन जांदा पूरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भए सम्म बुट लगाउने ,
५.घांसवारी वा चउरमा बस्दा गुन्द्री वा दरी अाेछ्याएर बस्ने,
६.सम्भव भए सम्म भुईमा नभई खाटमा वा अग्लाे स्थानमा सुत्ने वा बस्ने,
७.मुसा नियन्त्रणकाे लागी उपयुुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाकाे वृद्धि विकास नहुने किसिमको वातावरण सृजना गर्ने ।

उपचार :-
१.Home treatement
-पानी पट्टी लगाउने,
-प्रसस्त झोलिलो गेडागुडी माछा मासु(चिल्लो कम राखेर)फलफुल दिने,
-घरमा सिटामोल भए सिटामोल दिने

२.Medical treatement
-ज्वोरो घटाउन Paracetamol दिने,
first choice औषधि:-Antiboitics
Cap. Doxycycline/ Tetracycline,
2nd Tab.Roxithromycin/Azithromycin

३ .यदि खतराको लक्षण देखिएमा र बिरामी सिकिस्त भएमा ICU मा भर्ना गरि गम्भीरता काे पहिचान गरि तेसै अनुसार उपचार गर्नु पर्छ ।

✍️भुवन जाेशी (Health Assistant)

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.