खाेज्नुहाेस

एसिया कपमा आज नेपाल र भारत भिड्दै

Image

एसिया कप क्रिकेटमा सोमबार (आज) नेपालले भारतको सामना गर्दै छ । खेल सोमबार दिउँसो श्रीलकाको केन्डिस्थित पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।

navjiwan hospital

नेपाल र भारत दुवैका लागि सुपर फोरमा पुग्न यो खेल महत्वपूर्ण छ । भारतलाई जितले त सजिलै सुपर फोरमा लैजान्छ भने बराबरी या वर्षा बाधक बन्दा पनि फाइदा पुग्छ । नेपालका लागि भने जितको कुनै विकल्प छैन ।

add everest academy
attariya hospital

त्यहाँको मौसम विभागका अनुसार पानी पर्ने सम्भावना पनि देखिएको छ । पानी परेर खेल स्थगित भए नेपालका लागि भारतजस्तो टिमसँग खेल्ने अवसरसमेत गुम्नेछ ।