सताई रहने ती तिम्रा याद हरामी ।।
छिनमै सोच्छु बेकार भयो यार आउँछ, ज्वरो हुन्छु विरामी
नसकिने भयो अङ्क गणित स्वार्थी मायाको ।
सावाँ ब्याज नपाईकन जान्छ, परानी ।।

यसो हेरे न्यास्रो लाग्छ, कोही छैन आफ्नो भने ।।
मरे पनि तेसै खेर जान्छ, खरानी
सताई रहने ती तिम्रा याद हरामी ।।

देश डुबिसक्यो
खाए पनि नखाए झै गर्ने चलन कस्तो हो ।
गुणस्तरीय शिक्षा र स्वास्थ कहिले पाएनन निमुखाहरुले
जन्ता सधैं सडकमा उत्रनु पर्ने यो जलन कस्तो हो ।
खाए पनि नखाए झै गर्ने चलन कस्तो हो ।
बजेट सधै सुनिन्छ यति आयो उति आयो भाको छैन चल्ती ।
देश डुबिसक्यो युवा जति खाडीमा
सोध्न मन छ ,हामिलाई गल्ती कस्को हो ।
आमा
आशिर्वाद दिनुस आमा ढोगेर जान्छु ।
भारी बोक्दा तपाईले ओढ्ने सल फेर्नुछ मेरि आमा
सपनाको थुप्रो भारि बोकेर जान्छु
बग्न सक्छन यी परेलिबाट विछोडक आँसु
रहर होईन बाध्यता मेरि आमा रोकेर जान्छु ।
तपाईले खुवाउने अमृत खाना छोपेर राख्नु मेरि
परदेश बाट आई खुसी सम्झ्नी रहरले खान्छु ।
आशिर्वाद दिनुस आमा ढोगेर जान्छु ।।
– यात्री तिर्थ



















