खाेज्नुहाेस

शिव शिखर सहकारीद्वारामा मात्रै ३१ करोड बढी रकम हिनामिना

Image

डडेल्धुरा – शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले डडेल्धुरामा मात्रै बचतकर्ताको ३१ करोड बढी रकम हिनामिना गरेको भेटिएको छ । भक्तपुरमा केन्द्रीय कार्यालय रहेको र देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको शिवशिखर सहकारीको डडेल्धुरा शाखाले मात्रै ३१ करोड १६ लाख ७१ हजार तीन सय १३ रकम हिनामिना गरेको भन्दै बचतकर्ताहरुले जिल्ला प्रहरी कार्यालय डडेल्धुरा समक्ष उजुरी पेश गरेका छन् ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका एक हजार पाँच सय ४३ जना बचतकर्ताले सो रकम सहकारीले फिर्ता नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा उजुरी दर्ता गरेका हुन ।

attariya hospital
navjiwan hospital

‘हामीले सार्वजनिक सूचना जारी गरेर बचतकर्ताहरुलाई उजुरी दिन आह्वान गरेपछि एक हजार पाँच सय ४३ जनाको ठाडो उजुरी दर्ता गरिएको छ,’ जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले भने, ‘सबै निवेदकको दाबी रकम जोड्दा ३१ करोड १६ लाख ७१ हजार तीन सय १३ रुपैयाँ पुग्छ ।’

प्रहरी नायक उपरीक्षक भट्टले सबै बचतकर्ताले प्रमाणसहित निवेदन दिएको बताउँदै निवेदन दर्ताको काम सकिएसँगै जाहेरी दर्ताको प्रक्रिया अगाडि बढेको जानकारी दिए । ‘५०/५० जनाका दरले जिल्ला प्रहरी कार्यालयमा बोलाएर हामी जाहेरी दर्ता गरिरहेका छौँ । त्यसपछि थप अनुसन्धान अगाडि बढ्छ,’ डिएसपी भट्टले भने ।

सो सहकारीले डडेल्धुरामा मात्रै ४२ करोड रुपैयाँभन्दा बढी रकम निक्षेप संकलन गरेको अनुमान छ ।