वानएक्स बेटमा पक्राउ परेका ‘बल्छी ध्रुवे’ सहित आठ जना सार्वजनिक

काठमाण्डौ – वानएक्स बेटमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’ मा सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा नेपालका चर्चित कलाकारसहित आठ जना पक्राउ परेका छन् ।

maya metro hospital

जसमा हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), पवन खतिवडा (म्याकुरी), राजु पौडेल (राजुमास्टर), युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर ‘जलन’, गणेश देवकोटा (जिडी), सरोज घिमिरे (ढेडो बुढो) र भटभटे माइला भन्ने बेगम नेपाली रहेका छन् ।

joshi vada pasal 2

उनीहरूले अवैध ‘वानएक्स बेट’ खेल्न प्रोत्साहन गर्ने उद्देश्यले विज्ञापन प्रशारण गर्नेदेखि अभिनयसमेत गरेको खुलेको छ । यसरी कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.