खाेज्नुहाेस

खप्तडमा आयोजित घोडादौड प्रतियोगिताको उपाधि बझाङलाई

Image
navjiwan hospital

बझाङ – खप्तडमा आयोजित घोडादौड प्रतियोगिताको सबै  उपाधि बझाङले हात पारेको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय पुरस्कार बझाङले नै हात पारेको हो । खप्तड राष्ट्रिय निकुञ्जमा लाग्ने गंगादशहरा मेलाको अवसरमा आयोजित घोडादौड प्रतियोगितामा बझाङका अजय रावल प्रथम भएका छन् भने बझाङकै पदमराज पाध्य द्वितीय र जिवन शाही तृतीय भएका छन्। सुदूरपश्चिम खेलकुद परिषद् कैलाली र उद्योग बाणिज्य संघ डोटीको संयुक्त आयोजना र नेपाली सेनाको व्यवस्थापनमा सञ्चालन भएको थियो। प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार २० हजार र तृतीय पुरस्कार १० हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगितामा विभिन्न जिल्लाका १२ जना प्रतियोगी सहभागि रहेका थिए ।