खाेज्नुहाेस

बझाङमा हावाहुरीबाट प्रभावितलाई क्षतिपूर्ति दिन माग

Image

बझाङ – नेकपा एमाले केन्द्रीय सदस्य ऐन महरले बझाङमा हावाहुरी बाट प्रभावित परिवारलाई राहत र क्षतिपूर्ति दिन माग गरेका छन् ।

हिजो हावाहुरीले बझाङ बुंगल नगरपालिका ४ का घरहरूमा क्षति पुराएको थियो । घर र गोठहरूमा हावाहुरीले पुर्‍याएको क्षतिको मापन गरी उनीहरूलाई सरकारले तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने नेता महरको माग छ ।

attariya hospital
navjiwan hospital

हावाहुरीको समय सुरु भएको भन्दै उनले थप मानवीय क्षति हुन नदिन सरकार गम्भीर बन्नु पर्ने समेत बताए ।

‘बझाङ बुंगल नगरपालिका ४ का घरहरूमा ठुलो मात्रामा भौतिक क्षति भएको छ’ उनले नेपाल प्रेसलाई भने ‘तत्कार सरकारले उनीहरूलाई राहत र क्षतिपूर्ति दिनु पर्छ ।’

नेता महरले सामाजिक सञ्जाल मार्फत पनि सरकारलाई राहत र क्षतिपूर्तिका लागि अपिल गरेका छन् ।