साइपालमा छोरी जन्माउनेलाइ पुरस्कार

बझाङ – बझाङको साइपाल गाउपालिकाले छोरी जन्माउने आमालाई पुरस्कार सहित सम्मान गरीएको छ । निर्वाचित भैसकेपछि छोरा र छोरीमा हुने विभिेद अन्त्य गर्न २०७९/८० को बजेटबाट रकम छुट्रयाएर उक्त कार्य अगाढी बढाइएको हो ।

maya metro hospital

साइपाल गाउपालिका उपाध्यक्ष डोल्मा तामाङले प्रोत्साहन स्वरुप उक्त कार्य गरिएको बताए । सुत्केरी खर्च स्वरूप प्रत्यक महिलालाइ खादा सहित २ हजार रुपैयाँ प्रदान गर्न सुरु गरेको उनले बताए ।

आज वडा नम्बर ३ मा छोरी जन्माएकी १२ जना महिलालाइ सम्मानसहित २ हजार नगद पुरस्कार बितरण गरीएको छ । हिजो वडा नमबर ४ मा ४ जना महिला र वडा नमबर ५ कि १ महिलाइ पुरस्कार सहित सम्मान गरीएको थियो ।

attariya hospital

शनिवार वडा नमबर १ र २ मा सम्मान कार्यक्रम रहेको र यसका लागि तथ्याङक सँकलन भैरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.