‘जारी’ का निर्माताले गराए ३२ सामाजिक सञ्जालविरुद्ध उजुरी दर्ता

काठमाडौं – अहिले प्रदर्शनमा रहेको ‘जारी’ फिल्मका निर्माताले ३२ सामाजिक सञ्जालविरुद्ध उजुरी दर्ता गराएका छन् । जारीका निर्माता मणिराम पोखरेलले हलमा फिल्म खिचेर विभिन्न सामाजिक सञ्जालले भिडियो अपलोड गरेको भन्दै उजुरी दिएका हुन् ।

maya metro hospital
raunak fals and silling

उनले पाइरेसीबाट निर्मातालाई पर्न गएको आर्थिक घाटाको क्षतिपूर्ति दिलाउन पनि माग गरेका छन् । उनले आइतबार नेपाल प्रहरीको साइबर व्युरोमा फेसबुक, युट्युव, टिकटक र इन्ट्राग्राम लगायतका ३२ वटा सामाजिक सञ्जालविरुद्ध उजुरी दर्ता गराएका छन् ।

joshi vada pasal 2

निकै आक्रमक रुपमा प्रदर्शनमा आइरहेको जारी फिल्मको भिडियो क्लीपहरु अहिले सामाजिक सञ्जालमा जताततै देख्न पाइन्छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.