खाेज्नुहाेस

गजलकार रघुनाथ कडरियाको पहिलो गजल “दिन्छौ जहर र भन्छौं” सार्वजनिक

Image

धनगढी – गजलकार रघुनाथ कडरियाको पहिलो गजल “दिन्छौ जहर र भन्छौं” सार्वजनिक भएको छ । सोमबार समर्पण मिडिया धनगढीको युट्युब च्यानल मार्फत उक्त गजल दर्शक माझ ल्याइएको छ ।

दुई दशकदेखि साहित्य साधनामा सकृय सर्जक कडरियाले तीन सय भन्दा बढी गजल लेखिसकेका छन् । विभिन्न वाचन शृङ्खलाहरुमा पनि सकृय सर्जक कडरीयाको रेकर्डिङ हिसाबले भने यो पहिलो गजल हो । उक्त गजलमा पछिल्लो समयमका चर्चित गायक तथ संगीतकार नरेन्द्र प्यासीले संगीत भरेका छन् भने गायन पनि प्यासीकै रहेको छ । दिनेबेला जहर दिएर जाने अनि पिउन चाहिँ अमृत पेउ भन्ने भनि गजलकार कडरियाले शब्द वाण प्रहार गरेका छन् । गायक नरेन्द्र प्यासीको अत्यन्तै मिठो संगीत र उत्तिकै मीठो गायनले गजल अझ जिवन्त बनेको छ ।

attariya hospital
navjiwan hospital

पछिल्लो समय गजललाई वाचन भन्दा पनि संगीतबद्ध गर्ने ट्रेण्ड चलेको छ आफुले पनि धेरै पहिले यो गजल रेकर्ड गर्न खोजेको तर उपयुक्त समय र पात्र नभेटिएकाले रोकेको थिए बल्ल साँइत जुरेको छ गजलकार कडरिया बताउँछन् ।

नेपाली गजलको बजार सुस्तरी सुस्तरी विस्तार भैरहेको छ,केही महिना अगाडि तिलक सिंह पेलाले गाएको गजल “के लत बस्यो मलाई ” अत्यन्तै चर्चामा छ,नेपाली सांगीतिक बजारमा मेरो दिल छ पोखरामा,कहाँ थियौं तिमी रंग मञ्च उठेपछि आयौं,हौसला बुलन्द भैदिन्छ तिमी आउँदा,एक सुन्दर शहर थियो पिपल छेउमा वर थियो ,हंगामा भो,मायामा धोका खाए लगायत दर्जनौं गीत लोकप्रीय छन् ,गायक नरेन्द्र प्यासी पनि लोकप्रीय नै हुनुहुन्छ हामीले मिहिनेत पनि गरेका छौं यो गजलले दर्शकको अत्यन्तै माया पाउने अपेक्षा गरेका छौं गजलकार कडरिया बताउँछन् ।