खाेज्नुहाेस

धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव सुरु

Image

धनगढी – कैलालीको धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव सुरु भएको छ । महोत्सवको शुक्रबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले महोत्सवको उद्घाटन गरेका छन् ।

navjiwan hospital

विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भुटान, म्यानमारलगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहेको छ ।

attariya hospital

महोत्सवमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई सम्मान गरिने कार्यक्रम तय भएको छ । साहित्यकार झमकलाई १ लाख ११ हजार राशिको बद्री–कृष्णा वाङ्मय पुरस्कार प्रदान गरिने छ ।

महोत्सव आयोजनाका लागि ५० लाखभन्दा बढी खर्च हुने आयोजकले जनाएको छ । महोत्सव आज देखी १३ गतेसम्म जारी रहने छ ।