दलित भएकै कारण पाइलै पिच्छे भेदभाव विरुद्धको लडाई गर्न जन्मेको हुँ ।

तिर्थ नेपालि
डोटी

maya metro hospital

जातीय भेदभाव हाम्रा लागि एकदमै भयानक छ, चुनौतीपूर्ण छ र समाजलाई आजसम्म पुर्न नसकेको सामाजिक खाडलको रुपमा टिको लागेर बसेको छ । कस्तो बिडम्बना हामी उस्तै मानिस, रातै रगत र फरक फरक पेसा अवलम्बन गरेका एकै किसिम का प्रजाति किन यसरी तँ ठूलो म सानो भन्दै लड्दै छौं होला ?

joshi vada pasal 2

कल्पना गर्दा पनि कस्तो अनौठो लाग्छ । आज मलाई हिजोका ती मेरा पुर्खाहरुले कथित तल्लो जात भन्ने आम दाजुभाइ, दिदीबहिनी र बुवाआमालाई हामी तल्लो जात भन्दै घरभित्र पस्न नदिने, उहाँहरूले छोएको पानी खान नहुने र उहाँहरू टाढै बस्नुपर्ने, त्यो पशु जस्तो व्यवहार सदियौंदेखि हाम्रा ती कथित तल्लो जातका पुर्खाहरु कति सामाजिक भेदभादको दलदलमा बाँचे होलान् र आफ्नो जीवनलाई कसरी सामाजिक परिवेश बनाउन सके होलान् ? प्रश्नै प्रश्नले चारैतिरबाट घेरिरहेको महशुस गर्दैछु।

raunak fals and silling

हो, यही प्रश्नको जवाफ खोज्न मलाई एक पटक यो जातीयताको भूमरीमा पस्न मन लाग्यो। यसलाई खोतल्न प्रयास गर्दै गर्दा मैले भोगेका तितो यर्थाथ समाजमा चल्दै आइरहेको कुप्रथाको विषयमा अक्षंरस लेख्न मन लाग्यो। ग्रामीण भेगमा बस्दै आइरहेका जातीय विभेद र दमन सहेर बसेका तल्लो जातका आम मानिसहरूको वेदनाको कहिले नफुक्ने गाँढेले कसिएको पोको फुकाउन मन जाग्यो।
पुरातात्विक साँस्कृतिक कुरा गर्ने हो भने हामीले आफु भोकभोकै बसेर भएपनि सांस्स्कृतिक माहोल बचाउनमा लाग्यौ । जब समाज चारैतिर चाडवाडले लपक्कै पोतिएको हुन्छ, तब हामीले समाजलाई मनोरञ्जन प्रदान गर्दै साँस्कृतिक परम्परालाई निरन्तरता दिँदै रितिरिवाज र चाडपर्वलाई अझै पनि जीवन्त रूप दिएका छौ । दुर्भाग्यको कुरा हामीले यस्तै त्याग तपस्या गर्दा गदै यो व्यवहार पायौ ।

चुनाव प्रजातन्त्रको आधारभूत जग हो। निर्वाचनमा जनताका प्रतिनिधिहरू छानिन्छन् भनेर हामिले बुझेका छौ । पदप्राप्तिका टिकट पाउँनका लागि अहिले सम्म मैले समाजका लागि अमुल्य योगदान गरेझै गरेर सुकिला मुकिला भएर सर्वहारा, निमुखा, दलितकोे घर आगनमा गई नानाथरी कुरा गरी आँखामा माटो हाल्ने काम गर्ने गर्दछन । अनि आफु कुर्सीमा पुगिसकेपछी आफ्ना, आसेपासे र रक्सीको चुस्की र पैसाको भरमा धाक देखाउने कार्यकर्ता हरुलाई मल जल गर्छन, आफ्नो पेट नअघाउन्जेल भर्छन । फरक पदैन सर्वहारा वर्गहरु सधै तपाईको आडमा बाचेका होइनन् । तर तपाईका समावेशी समाजका निर्माणका नाराका निमित्त दलित समुदायहरुले के गर्नु पर्छ त्यो जवाफ दिन आवश्यक छ । समाजमा अझै पनि दलित भएकै कारण पाइलै पिच्छे भेदभाव दमन शोषण, अपहेलित, तिरस्कार भएर कति दिन सम्म बाँच्ने हो ? त्यति मात्रै कहाँ हो र म माथि तपाईहरुको बोलचालको नाता ल्वार दाई, दमाई दाई, ढोली दाई, कामी दाई, सार्की दाई, पार्की दाई, टमटा दाई, कोली दाई, भुल दाई, सुनार दाई आदी आदी । मेरा पुर्वजहरुलाई गरिने जातीय नाता मलाई अपाच्य छ।

तुलनात्मक रूपमा जब साँस्कृतिक संरक्षण र जगेर्नाको कुरा आउँछ दलित समुदायको भूमिका उपल्लो जातकोभन्दा धेरै होला तर कम भने पटक्कै छैन। यति योगदान हुँदाहुँदै पनि यी समुदायको कदर नभएको देख्दा, उपल्लो जात भनाउँदा मानिसहरूले सम्पुर्ण श्रेय लिएको देख्दा, ‘काम गर्ने कालु मकै खाने भालु’ भन्ने उखान टपक्कै टिपेर टाँस्न मन लाग्यो।

यो दमन शोषणको शिकार बन्न मैले जन्म लिएको होईन । म यो तिरस्कारको अन्त्य गर्न जन्मिएको हुँ । मैले भोली म जस्तै सपना लिएर आउने नव आगन्तुक सन्ततीहरुलाई दलित भएकै कारण हिनताबोध जीवन जिउँन बाध्य गराउनु छैन् । दलित भएकै कारण विकासमा पछौटेपन खेप्नु पर्ने, दलित भएकै कारण बचन बचन पिच्छे हेपिनुपर्ने ,मैले सिलाएको लुगा कपडा चल्ने, मैले पानी खादाँ अमानवीय व्यवहार सहर्नु पर्ने मलाई असह्यै छ ।

दलित माथी पशुलाई गर्ने व्यवहारले तिमिहरुलाई सराप्ने नै छ । यसो भनिरहदा दलित समुदायले कुनै देवी देउता भाकल गर्ने पटकै होईन । अब मलाई संविधानमा र कानुनमा लेखेका मेरा हकअधिकार सुनिश्चित गर्नु छ । मलाई राम्रो संग अवगत २०६२÷६३ सालको जनआन्दोलनमा सबै भन्दा बढी दलित समुदायले आफ्नो ज्यानको आहुति दिएको । हो, नेपाल छुवाछुत मुक्त राष्ट्र घोषण गरिएको देश हो । यससम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धिको पक्ष राष्ट्र पनि । यसरी केलाउदा घोषणा गर्न र सहमति जनाउन नेपाल पछाडि पर्दैन भन्ने देखाउँछ । तर राज्यले कार्यान्वयनमा यो विषयलाई महत्वका साथ नराखेका कारण छुवाछुत भेदभाव हटेको छैन । छुवाछुत भेदभाव हटाउन न गतिलो योजना छ, न त कार्यक्रम नै छ सरकारसँग ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.