‘के लत बस्यो’लाई ३१ लाख ५० हजार बढी ‘भ्यूज’

एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १८ दिनमै युट्युबमा ३१ लाख ५० हजार बढी भ्यूज पाएको छ। गायक तिलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई आइतबार बिहानसम्ममा लगभग ३१ लाख ६० हजारपटक हेरिएको छ।

maya metro hospital

एक लाख १७ हजारले ‘लाइक’ र झण्डै १४ हजारले गजलमाथि टिप्पणी गरेका छन्। गत पुस २८ मा गायक पेलाको आफ्नै युट्युब च्यानलबाट गजल सार्वजनिक गरिएको थियो। राग मालकौंसमा आधारित सो गजलबाट गायक पेलाले छोटै अवधिमा स्रोता-दर्शकको मन जित्न सफल भएका हुन्।

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.