व्यवसायीक च्याउ खेती गर्दै गोदावरीका महिला

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ बास्कोटाका महिलाहरु व्यवसायीक च्याउ खेती तर्फ आकर्षित भएका छन् । गोदावरी महिला कृषि समुह गठन गरेर उनीहरु व्यवसायीक रुपमा च्याउ खेती गर्न थालेका हुन् । १० जना आवद्ध समुहमा उनीहरुले १० वटा नै टनेल निर्माण गरेर च्याउ खेती गरिरहेका छन् ।

maya metro hospital

समूहकी सदस्य शान्ती चौधरीले समुह निर्माण गरेपछि पहिलो पटक आफूले व्यवसायीक रुपमा च्याउ खेती गरेको बताइन् । उनले १ सय ५ पोक च्याउ खेती गरेको बताइन् ।

joshi vada pasal 2

‘पहिले घरमा खानको लागि मात्रै च्याउको खेती गर्ने गरेका थियौ’ उनले भनीन् ‘अहिले समुहमा आवद्ध भएपछि व्यवसायीक रुपमा च्याउ खेती गरेका छौ ।’ उनले १ महिना अगाडी मात्रै च्याउ खेती सुरु गरेको बताइन् । उनले हालसम्म १० किलोग्राम जती च्याउ विक्री गरेको बताइन् ।
‘उत्पादन भएको च्याउ गाउँघरमै बिक्री हुने गरेको छ’ उनले भनीन् ‘टोकरीमा लगेर च्याउ बिक्री गर्ने गरेका छौ । गाउँमा २ सयका दरले बिक्री भइरहेको छ ।’

उनले च्याउ खेतीका लागि बीउ, पलास्टिक अनुदानमा पाएको र बाँकी खर्च आफैले गरेको बताइन् । उनले च्याउँ खेतीका लागि टनेल निर्माण गर्न १० हजार खर्च लागेको बताइन् ।

च्याउ खेती समुहमा आवद्ध सिताली चौधरीले ८० पोक च्याउ खेती गरेको बताइन् । उनले च्याउको उत्पादन राम्रो भइरहेको बताइन् । उनले च्याउमा राम्रो फाइदा भएमा यसलाई निरन्तरता दिने बताइन् ।

raunak fals and silling

गोदावरी महिला कृषि समुहकी अध्यक्ष शान्ती चौधरीले च्याउ खेतीका लागि समुहले प्रदेश सरकारको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट ४ लाख बराबरको सहयोग पाएको बताइन् । उनले उक्त रकमबाट च्याउको बीउ र पलास्टिक, हजारी, कुटो–कोदाले किनेर समुहका सदस्यलाई वितरण गरेको बताइन् ।

उनले समुहमा आवद्ध १० जनालाई १ दिनको च्याउ खेती तालिम पनि दिइएको बताइन् । समुहमा आवद्ध १० जना महिलाहरुले आफ्नो घरको आगनमा च्याउ खेतीका लागि टनेल निर्माण गरेका छन् । च्याउको लागि बजारको पनि खासै समस्या नभएको अध्यक्ष चौधरीले बताइन् ।

प्रदेश सरकारकी पुर्व भौतिक पुर्वाधार विकास राज्यमन्त्री चुन कुमारी चौधरीले विपन्न महिलाको आर्थिक स्तर बढाउनको लागि प्रदेश सरकारबाट च्याउ खेतीको कार्यक्रम संचालन गरिएको बताइन् । उनले चौधरी बस्ती रहेको सो समुदायका महिलाहरुको आयस्तर बढाउनको लागि आफूले उक्त कार्यक्रम संचालनका लागि छनोट गरेर मन्त्रालयबाट कार्यक्रम संचालन गराएको बताइन् ।

उनले कार्यक्रमबाट लाभाम्बित महिलाहरुले राम्रो च्याउ उत्पादन गरेको देखेर आफू निकै खुसी भएको बताइन् । उनले भनीन् ‘यो मेरो निर्वाचन क्षेत्र पनि थियो । त्यसैले यस क्षेत्रका महिलाहरुको आयआर्जन बढाउनका लागि कृषि मन्त्रालयसंग समन्वय गरेर ४ लाख बजेट विनियोजन गराएकी थिए । अहिले त्यसले राम्रो नतिजा आएको छ ।’

उनले आगामी दिनमा च्याउ खेतीको बिस्तार गर्न सके यस क्षेत्रका महिलाहरुको जिविकोपार्जनमा सहज हुने बताइन् ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.