राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री बनाउने निर्णय सुनाएका हुन् ।


यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बन्ने भएकी छन् । तोसिमा स्वास्थ्य मन्त्री बन्ने चर्चा चलेको भएपनि उक्त मन्त्रालय एमालेको भागमा परेको छ ।

एमालले पदम गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने भएको छ । सत्ता गठबन्धनमा भएको भागबन्डामा एमालेको भागमा स्वास्थ्यसहित ८ वटा मन्त्रालय परेको छ ।
