अत्तरिया – ८५ वर्षअघि अर्थात विसं १९९० को माघ २ गते गएको भूकम्पको सम्झनामा सोमबार राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईँदैछ । औपचारिक रुपमा भूकम्प सुरक्षा दिवस मनाउन थालेको यो २५ औँ वर्ष हो । २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।


पछिल्लो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले झण्डै ९ हजार भन्दा धेरैको ज्यान गएको थियो । यो भूकम्पबाट ८ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने दुई सयभन्दा धेरैको ज्यान पुरातात्विक सम्पदा भत्किए ।

यस्तै भूकम्पीय जोखिमका हिसाबले विश्वको ११ औँ स्थानमा रहेको नेपालमा आउँदा विपदको तयारी पनि भएको देखिँदैन ।
