अत्तरिया – कैलालीको अत्तरिया चोकमा पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी कैलाली क्षेत्र नम्बर ४ को आयोजनामा पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाइएको हो ।

सो अबसर मा पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गरिएकोको थियो ।


पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा अत्तरिया बजारमा परिक्रम समेत गरिएको थियो । सो अवसरमा सहभागिहरुले राष्ट्रवादी एक हौ, नेपाल आमाको जय होस्, सामाजिक सदभाव कायम गरौं, श्री ५ महाराजाधिराज अमर रहुन, राष्ट्रिय एकता जिन्दाबाद नारा लेखिएका व्यानर बोकेका थिए ।
बुधबार ३०१ औं पृथ्वी जयन्तीको अवसरमा देशैभरी बिभिन्न कार्यक्रम आयोजना गरिएका थिए । दिवसको अवसरमा सरकाले सार्वजनिक विदा समेत दिएको छ ।
