आज पृथ्वी जयन्ती, देशभर सार्वजनिक विदा

अत्तरिया – आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।

maya metro hospital

यस बर्ष सरकारले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रधानमन्त्रीलाई समर्थन गरेको दल राप्रपाले सरकारमा सहभागी हुन २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिई सार्वजनिक बिदा दिनुपर्ने माग राखेको थियो ।

joshi vada pasal 2

सत्तासाझेदार दलले तयार पारेको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक बिदा दिने उल्लेख छ । सो निर्णय कार्यान्वयन गर्दै मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.