खाेज्नुहाेस

४८ घण्टाभित्र मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता गर्न गृहकाे निर्देशन

Image

गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका मापदण्डविपरीतका सुरक्षाकर्मीलाई २४ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएका छन् ।

लामिछानेको निर्देशनअनुसार मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरित सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन दिइएको उल्लेख छ ।

attariya hospital
navjiwan hospital

विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउनको लागि मन्त्रालयले ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ जारी गरेर कार्यान्वयनमा ल्याएको छ ।

उक्त कार्यविधिमा तोकिए अनुसारका बहालवाला तथा पूर्व कर्मचारी तथा सुरक्षाकर्मीहरुले व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था रहेको छ ।

‘उक्त कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरित सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरी सकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरदिनुहुन सवैमा अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ । सोमबार मात्रै लामिछाने गृहमन्त्रीमा नियुक्त भएकामा कार्यभार सम्हालेलगत्तै उनले यस्तो निर्णय गराएका हुन् ।