करण राई ‘द भ्वाइस अफ नेपाल’ चौंथो सिजनका विजेता बने

करण राई ‘द भ्वाइस अफ नेपाल’चौंथो सिजनका विजेता  बनेका छन् । आज भएको ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे ।

maya metro hospital
raunak fals and silling

करणले टीम राजु लामाको समूहबाट प्रतिस्पर्धा गरेका थिए । टीम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनरअप घोषित भइन् ।

joshi vada pasal 2

टीम प्रमोद खरेलबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टीम प्रविशा अधिकारीबाट साहिल लिम्बु थर्ड रनरअप बने । दर्शकीय भोटको आधारमा विजेता घोषित गरिएको जनाइएको छ ।

विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुन, ग्यालेक्सी जेड फोल्ड फोर पुरस्कार प्राप्त गरे ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.