कैलाली–४ का ६ सांसद, अधिकांश मन्त्री, मुख्यमन्त्रीका दाबेदार

अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि र प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी ६ जना सांसद निर्वाचित भएका छन । १ जना प्रतिनिधि सभा र ५ जना प्रदेश सभामा निर्वाचित भएका हुन । प्रतिनिधिसभामा प्रत्यक्षबाट वीर बहादुर बलायर निर्वाचित भएका छन । त्यस्तै प्रदेश सभामा प्रत्यक्षमा दीर्घ बहादुर सोडारी र प्रकाश बम निर्वाचित भएका छन भने समानुपातिकमा तुलसी देवकोटा, जानकी पौडेल (कुँवर) र खेमा देवी बिष्ट निर्वाचित भएका छन् ।

maya metro hospital

एकैपटक ६ जना सांसद पाएको कैलाली – ४ बाट को–को मन्त्री बन्छन भन्ने चासो दिन थालिएको छ । प्रतिनिधि सभामा निर्वाचित बलायर निर्वाचन अघि देखि नै चुनावी प्रचारका क्रममा आफू मन्त्री बन्ने दावी गर्दै आएका थिए । देउवा निकट मानिने बलायर गठबन्धनको सरकार बनेमा मन्त्री बन्ने पक्कापक्की भएको बताईन्छ ।

joshi vada pasal 2

हाल काठमाण्डौंमा रहेको बलायरले भने पहिले प्रधानमन्त्रीको टुङ्गो लगाएर मात्रै मन्त्रीका बिषयमा छलफल अगाडी बढ्ने बताए । उनले आफू मन्त्रीको दाबेदार भएपनि जस्तो पायो त्यस्तो मन्त्री नहुने बताए । ‘अहिले गठबन्धनकै सरकार बनाउने कसरतमा हामीहरु लागेका छौ’ अत्तरिया अनलाइन संग कुरा गर्दै उनले भने ‘मेरो अहिले नै मन्त्री हुने लबिङ छैन । पछि हुन्छ । पहिले प्रधानमन्त्री बनाउने हो । हामीले कांग्रेसको सरकार बनाउने कोशिस गरिरहेका छौ ।’उनले आफू मन्त्री भए कैलाली ४ का जनतालाई काम लाग्ने मन्त्री मात्रै लिने बताए ।

प्रदेशमा निर्वाचित ५ मध्ये २ जना मुख्यमन्त्रीको दावेदारका रुपमा अगाडी देखिएका छन । कैलाली ४ (१) बाट निर्वाचित सोडारी निर्वाचित भएदेखि मुख्यमन्त्रीको दैडमा छन । प्रदेशमा ४ वटा मात्रै सांसद भएपनि केन्द्रको भागबण्डामा एकीकृत समाजवादीले सुदूरपश्चिम पाएमा उनी नै मुख्यमन्त्री हुने निश्चित छ । उनले लोकतान्त्रीक वाम गठबन्धनले सबै पदको समग्रमा टुङ्गो लगाउने बताए । उनले देशभरका ७ प्रदेश मध्ये १ प्रदेशमा एकीकृत समाजवादीले पाएमा त्यो सुदूरपश्चिम नै हुने दावी गरे ।

‘हामीले हाम्रो पार्टी र गठबन्धनका शिर्ष नेताहरुले सुदूरपश्चिम हामीलाई दिनुपर्छ भन्ने कुरा थियो । हामीले पार्टीमा विद्रोह गरिरहदा नै प्रचण्ड र माधव जीले मुख्यमन्त्री दिने आश्वासन दिएका थिए । तर, त्यो बेला पुरा भएन’ अत्तरिया अनलाइन संंग कुरा गर्दै उनले भने ‘देशभरमा एक प्रदेशको नेतृत्व गर्न पाएमा त्यो सुदूरपश्चिम नै हुन्छ ।’

raunak fals and silling

नेपाली कांग्रेस कैलाली – ४ (२) बाट निर्वाचत बम पनि प्रदेशमा संसदीय दलको नेताको लबिङमा छन् । उनले संसदीय दलको नेता बनेमा स्वतः मुख्यमन्त्रीको दाबेदार हुने बताए ।

‘संसदीय दलको नेता र मुख्य मन्त्री हुने कुरा फरक हुन । तर, पार्टीले मुख्यमन्त्री पाएमा स्वतः मुख्यमन्त्रीको दावी हुन्छ’ अत्तरिया अनलाइन संग कुरा गर्दै उनले भने ‘मैले आफूलाई संसदीय दलको नेता र मुख्यमन्त्री क्षमताको छु भन्ने आफूलाई सोचेको छु । मलाई दिए न्याय पनि हुन्छ । त्यसैले मेरो दावी हो ।’

उनले आफ्नो दावी भएपनि केन्द्रले गर्ने निणय आफूले मान्ने बताए । ‘मेरो योग्यता र क्षमताको प्रयोग केन्द्रले लिनुपर्छ । मैले केन्द्रमा धाएर मुख्यमन्त्रीको दावी गर्नुपर्ने अवस्था छैन’ उनले भने ‘सुदूरपश्चिम सरकारको नेतृत्व कांंग्रेसले गर्नुपर्छ । माओवादीले ५ बर्ष चलाईसकेको छ । अबको पालो कांग्रेसको हुन्छ ।’

समानुपातीकबाट प्रदेश सभा सांसद बनेकी तुलसी देवकोटा पनि लामो समय कांग्रेसको राजनीतिमा संक्रिय भएर सांसद बनेकी छिन् । उनले अहिले नै मन्त्रीको दावी नगरेपनि योग्यता क्षमता र सिनियरको हिसाबले आफू मन्त्री बन्न योग्य भएको बताइन् । ‘अहिले गठवन्धकै सरकार बन्ने देखिएको छ । त्यसमा कहाँ कसले के पाउने भन्ने टुङ्गो लाग्न बाँकी छ’ उनले भनीन् ‘सिनियरको हिसाबले हो भने मेरो सम्भावना एकदमै छ । यस बिषयमा अझै धेरै छलफल भएको छैन ।’ उनले आफूले अनुभव गरेको क्षेत्रको मन्त्रालयमा काम गर्ने अवसर पाए जिम्मेवारी लिन तयार भएको बताइन् ।

नेकपा माओवादीबाट प्रदेश सभा समानुपातीक सांसद बनेकी जानकी पौडेल (कुँवर) ले भने अलिहे नै आफूले मन्त्रीमा दाबी नगरेको बताइन् । ‘हामी प्रदेश सरकारको बिषयमा छलफल गरिरहेका छौ । तर, यो नै हुनुपर्छ भन्ने बिषयमा पुगेका छैनौ’ उनले भनीन् ‘केन्द्रबाट के निर्णय आउन्छ । त्यसमा भर पर्छ । अहिले हामीले बोल्न सक्ने अवस्था छैन ।’

प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातीकमा १ सिटमा सांसद बनेकी खेमा देवी बिष्टले भने सरकारमा जाने नजाने बिषयमा अहिले कुनै छलफल नभएको बताइन् । उनले केन्द्रमा के निर्णय हुन्छ त्यही अनुसार प्रदेशमा पनि अगाडी बढ्ने बताईन । ‘अहिले केन्द्रमा पनि के गर्ने भन्ने बारेमा निर्णय भइसकेको छैन’ उनले भनीन् ‘अहिले म पनि काठमाण्डौ मै छु । सरकारमा जाने नजाने बिषयमा छलफल भइरहेको छ । निर्णय भने भएको छैन ।’

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.