गोदावरी कृषि विकास सहकारीको बार्षीक साधारण सभा सम्पन्न

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ११ मा रहेको गोदवरी कृषि विकास सहकारी संस्थाको ११ आंै बार्षीक साधारणसभा सम्पन्न भएको छ । सुदुरपिश्चम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री बल बहादुर सोडारीको प्रमुख आतिथ्यमा सहकारीको ११ औं साधारण सभा सम्पन्न भएको हो ।

maya metro hospital

साधारण सभामा गोदावरीका वडा नम्बर १०, ११ र १२ को कृषि क्षेत्रलाई प्रवद्धन गर्ने उद्देश्यले २०६९ सालमा स्थापना गरिएको सहकारीको चुक्ता सेयर पुजी ७ लाख ५४ हजार ४ सय पुगेको जनाइएको छ । सस्थाले हाल ६५ लाख २ हजार ९४० रुपैयाँ लगानी गरेको सहकारीका सचिव भीम बहादुर विकले बताए ।

joshi vada pasal 2
raunak fals and silling

सहकारीमा हाल ५७ लाख २२ हजार ८८२ रुपैयाँ निक्षेप रहेको छ । सस्थाको कुल सम्पती भने ८२ लाख ६२ हजार ९८६ पुगेको छ । हाल सहकारीमा ७६५ जना सेयर सदस्य रहेको छन ।

२०६७ सालमा गरिवी निवारण कार्यक्रम अन्तरगत साविकको गोदावरी गाविसका ७५१ जना दलित समुदायबाट मासिक १५ रुपैयाँ बचत गरी जम्मा भएको कोषबाट सहकारीको स्थापना गरिएको अध्यक्ष कृष्ण बहादुर विकले बताए ।

उनले सुरुमा उक्त कोष मार्फत सीप भएका दलित समुदायका व्यक्तिहरुलाई सहुलियत दरमा ऋण प्रवाह गरिएको भएपनि पछि कोषको आकार बढ्दै गएपछि त्यसकालाई व्यवस्थापन गर्न सहकारीका रुपमा अघि बढाइएको बताए । हाल सहकारीले मार्फत बिभिन्न कृषि सम्बन्धि कार्यक्रम संचालन भइरहेका छन ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.