अत्तरिया – सानिमा लाईफ इन्स्युरेन्स लिमिटेड अत्तरिया शाखाले कञ्चनपुरको कृष्णपुर नगरपालिका – २ बाणीका मनिराम डगौराको मृत्यु दावी भुक्तानी गरेको छ । सानीमाले शुक्रबार एक कार्यक्रमका बीच डगौराकी श्रीमतीलाई ४ लाख ६८ हजार ४७७ रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो ।

डगौराले २ बर्ष अगाडी ‘दम्पती बीमा योजना’ अनुसार बीमा गरेकाले बीमा शुल्कमा पुर्ण छुट प्रदान गरिएको सानिमा लाईफका अत्तरिया शाखा प्रमुख दिपक चौधरीले बताए ।

उक्त कार्यक्रमा वडा नम्रब २ का वडाध्यक्ष अर्जुन साउँदा, सानिमा लाईफका सुदूरपश्चिम प्रदेश प्रमुख गणेश प्रसाद उप्रेती लगायतको सहभागिता रहेको थियो ।

















