सुदूरपश्चिम महोत्सवको अवधि ३ दिन थप

धनगढी – मङ्सिर २२ गते देखी पुष २ गते सम्म सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवको अवधि ३ दिन थप भएको छ।

maya metro hospital

धनगढी १ पशुपति टोलमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवमा दर्शकहरूको सहभागिता बढेको र माग अनुसार महोत्सवको अवधि ३ दिन थप भएको आयोजकले जनाएको छ। अब महोत्सव पुष ५ गते सम्म सञ्चालन हुने जनाइएको छ।

joshi vada pasal 2

महोत्सवमा आजको आर्कषणको रूपमा खुमन अधिकारी, चक्र बम र शीतल शर्माको बेजोड प्रस्तुति रहने कैलाली उद्योग वाणिज्य संघका प्रचार प्रसार संयोजक मनोज अग्रवालले जानकारी दिए।

महोत्सवमा सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीहरूलाई ५० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कला संस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.