अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ८ जमुनानगरमा रहेको सृजनशिल महिला विकास बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको अध्यक्षमा भावना खड्का चयन भएकी छन ।


बिहिबार सम्पन्न संस्थाको १९ औ वार्षिक साधारण सभाको बन्दसत्रले खड्कालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । खड्का यसअघिको कार्यकालमा संस्थाकी कोषाध्यक्ष रहेकी थिईन् । यसैगरी संस्थाको उपाध्यक्षमा रजनी देवी चौधरी, सचिवमा मञ्जु चौधरी, सह– सचिवमा पार्वती पाठक र कोषाध्यक्षमा गुम्मी चौधरी चयन भएका छन ।

सहकारीको सदस्यमा टिका देवी डगौरा, फुलकुमारी चौधरी, पवित्रा पन्त, भागरती बडू, जानकी देवी चौधरी र कोइली देवी ढोली चयन भएका छन ।
साधारण सभाले गंगा कुमारी भट्टको संयोजकत्वमा लेखा समिति चयन गरेको छ । उक्त समितिको सदस्यमा भागरथी चोखाल र उर्मिला कुमारी चौधरी रहेका छन ।
