सृजनशिल सहकारीको १९औ वार्षिक साधारण सभा सम्पन्न

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ८ जमुनानगरमा रहेको सृजनशिल महिला विकास बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको १९ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको साधारण सभा सम्पन्न भएको हो । संस्थाकी अध्यक्ष लक्ष्मी विनाडीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्य दिर्घ सोडारी रहेका थिए ।

maya metro hospital

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी एवम् समुहका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष विनाडीले प्रस्तुत गरेकी थिईन भने संस्थाको वार्षिक प्रगती प्रतिवेदन संस्थाकी सचिव सावित्रि चटौतले प्रस्तुत गरेकी थिईन् । यसैगरी संस्थाको वित्तिय विवरण तथा प्रस्तावित बजेट तथा कार्यक्रम कोषाध्यक्ष भावना खड्काले प्रस्तुत गरेकी थिईन् । यसैगरी कार्यक्रममा संस्थाको आन्तरिक लेखापरिक्षण प्रतिवेदन संस्थाकी लेखा समिति संयोजक गिता खड्काले प्रस्तुत गरेकी थिईन् ।

joshi vada pasal 2

कार्यक्रममा संस्थालाई विभिन्न विधामा सहयोग पु–याउने तथा संस्थाको कार्यसम्पादनमा सहजता ल्याउने कर्मचारी तथा शेयरदसस्यहरुलाई सम्मानित गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक गौरी चौधरीले गरेकी थिईन । २०५९ सालमा स्थापना भएको सहकारीले महिलाहरुको आर्थिक स्तरोन्नती र आत्मनिर्भरतालाई आफ्नो मुख्य लक्ष्य बनाएको संस्थाकी व्यवस्थापक चौधरीले बताईन ।

उनले ४५ जना महिला सदस्यहरुले प्रतिव्यक्ति रु. १ सयका दरले शेयर संकलन गरी जम्मा ४ हजार ५ सय शेयरपुजिँबाट सञ्चालीत सहकारीमा आर्थिक वर्ष २०७८/०७९ को असार मसान्त सम्म २ करोड ५१ लाख ६५ हजार ३ सय रुपैया शेयरपुँजी रहेको छ ।

संस्थामा शेयरसदस्यहरुको संख्या २ हजार ८ सय ४८ रहेको व्यवस्थापक चौधरीले बताईन । संस्थाले आर्थिक वर्ष २०७८/०७९ को असार मसान्त सम्ममा कुल २१ करोड ७ लाख ४९ हजार ७ सय ८१ रुपैयाको कुल कारोबार गरी ५४ लाख ७१ हजार ९ सय ६५ रुपैया नाफा कमाएको छ ।

raunak fals and silling

संस्थाले आगामी आर्थिक वर्षमा संस्थामा आवद्ध सदस्यहरुलाई सहकारी शिक्षा र ऋण तथा बचतका बारेमा अभिमुखीकरण गर्ने, सदस्यहरुको आम्दानीको स्तर बृद्धि गर्न स्रोतहरुको खोजी गर्ने, कृषकहरुका लागी बंगुर पालन तालीम सञ्चालन गर्ने, किसानहरुको उत्पादन विक्रि वितरणका लागी सुपथ मुल्य पसल सञ्चालन गर्ने, सहकारीको व्यवसाय सञ्चालनका लागी बाख्रा फर्म तथा सहकारी उपभोक्ता पसल सञ्चालन गरिने, केयर सम्बन्धी कार्यक्रमहरु गरिने लगायतका योजनाहरु ल्याएको छ ।

महिलाहरुलाई एकताको धागोमा उन्ने काम सहकारीले गरेको छ : सोडारी

यसैबिच सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्य दिर्घ सोडारीले सहकारीहरुले महिलालाई एकताको धागोमा उन्ने काम गरेको बताएका छन । बिहिबार सहकारीको साधारण सभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन । उनले सहकारीका माध्यमले महिलाहरुमा एकरुपता आएको बताए ।

‘अर्थतन्त्र टिकाउन सहकारी आवश्यक छ र सहकारी टिकाउन महिलाहरुमा एकरुपता आवश्यक छ’ उनले भने ‘महिलाहरुलाई एकआपसमा जोड्ने काम सहकारीले गरेको छ ।’ उनले देशको अर्थतन्त्रको एउटा खम्बाका रुपमा सहकारीहरु रहेको बताए । उनले देशमा सहकारीका माध्यमबाट सानो सानो पुजीँलाई जम्मा गरी ठुला ठुला निर्माणका काम अगाडी बढाउनपर्ने समेत बताए । उनले सहकारीलाई कानुनी दायरामा राखेका कारण पनि समस्या भैरहेको र आगामी दिनहरुमा त्यो दायरालाई फराकिलो बनाउने कुरामा आफु पनि अग्रसर हुने बताए । उनले बेरोजगार युवायुवतीलाई रोजगारी दिलाउन सहकारीहरुसँग मिलेर प्रदेश सरकारले काम गर्ने समेत बताए ।

उनले सृजनशिल सहकारीले सानो पुँजीबाटै उत्कृष्ट प्रगती गर्न सफल भएको पनि उनले बताए । उनले सानो संख्याबाट सुरु भएको सहकारीले वृहत आर्थिक कारोबार गर्नु आफैमा सह्रानिय भएको बताए । उनले सहकारीको नयाँ आधुनिक भवन बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

फरक प्रसँगमा बोल्दै उनले प्रदेशको विकाशका लागी कसैलाई आग्रह र पुर्वाग्रह नराखि काम गर्ने बताए । उनले प्रदेशको आर्थिक, भौतिक र सांस्कृतिक क्षेत्रको विकाशका लागी सदैव अग्रसर रहने बताए । यसका साथै उनले राजधानी निर्माणको कामलाई पनि प्राथमिकताका साथ हेरिएको बताए ।

‘सुरुवाती चरणमा राजधानी हरैयामै बनाउने कुरा थियो, तर यहाँ कबुलियत बन भएकाले निर्माण गर्नसकिएन’ उनले भने ‘त्यसपछि राजधानी गोदावरी तोकिएको हो, तर दुई तिहाईको सरकार बन्दा समेत राजधानीको काम सुरु हुन सकेन, अब हामी त्यसैलाई प्राथमिकतामा राखेर काम गर्छाै ।’ उनले राजधानी निर्माणको काम अधुरो र अपुरो भएको र आगामी दिनमा त्यसलाई अत्याधुनिक राजधानी बनाउने सपना रहेको बताए ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.