खाेज्नुहाेस

सुनको मूल्य १ लाख १ हजार पुग्यो

Image
file photo

नेपाली बजारमा बुधबार सुनको ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो । योसँगै प्रतितोला छापावाला सुनको मूल्य १ लाख १ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ५०० रुपैयाँ कायम भएको छ ।

navjiwan hospital

हिजो सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो। यो दिन प्रतितोला छापावाला सुन १ लाख रुपैयाँ र तेजाबी सुन ९९ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

attariya hospital

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ । हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो ।