अत्तरिया – निर्वाचनको समयमा रोकिएको राष्ट्रिय भूमि आयोगको काम सूचारु गरिने भएको छ । भूमि आयोगले मंगलबार एक सूचना जारी गर्दै मंसिर २८ गतेदेखि बाँकी काम सूचारु गरिने जनाएको छ ।

मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गरी जारी गरिएको आचारसहिताका कारण रोकिएको आयोगको काम सुचारु भएपछि लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गर्ने कार्य सुरु हुने भएको छ ।


यता गोदावरी नगरपालिकाले नगरभित्र लगत संकलनको काम सम्पन्न गरेर गरिसकेको छ । केही वडामा जग्गा नापिका काम सकिएको भएपनि लालपुर्जा वितरण भने सुरु हुन सकेको छैन् ।
नगरपालिकाले हाल वडागत रुपमा अपुग कागजात पेश गर्न सूचना जारी गरेको छ । जसमा अधिकांस फारम संग पेश गरेका कागजात अपुग देखिएका छन ।
वडा नम्बर १ ले ७८१ जनाको नामावलि प्रकाशन गरेकोमा ७ जना बाहेक सबैका कागजात अपुग रहेको उल्लेख गरिएको छ । वडामा २ हजार ११८ जनाको लगत संकलन गरिएको कम्युटर ओपरेटर गिता बोहराले बताईन् ।
उनले फारम भरेकाहरुमा मालपोत रसिद, अन्य ठाउँको जग्गाधनी पुर्जा नभएको पाइएको बताईन ।
