कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

raunak fals and silling

कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका – ५ अर्जुनी ब्यारेक नजिक मोटरसाइकल दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–९ का २४ वर्षीय हरिश ऐरको मृत्यु भएको हो ।

maya metro hospital

से ७ प २८४२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक भरत गिरीले बताएका छन ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.