खाेज्नुहाेस

कैलालीबाट लागु औषध खैरो हिरोइन सहित २ जना भारतीय नागरिक पक्राउ

Image

अत्तरिया – कैलालीबाट लागु औषध खैरो हिरोइन सहित २ जना भारतीय नागरिक पक्राउ परेका छन । ३४ ग्राम ५१० मिलिग्राम लागु औषध खैरो हिरोईन सहित भारत लखिमपुर खिरी बेलापुर बस्ने ५० बर्षीय समिरा सिह र सोही ठाउँका ५३ बर्षीय शेर सिह पक्राउ परेका हुन ।

navjiwan hospital

सूदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी अपराध अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले भारतबाट युपी ३१ बी ८०९१ नम्बरको मोटरसाइकलमा नेपाल तर्फ आउँदै गरेका दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital

उनीहरुलाई बिशेष सूचनाको आधारमा कैलारी गाउँपालिका – ७ बसन्ता क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवैजनामाथि लागु औषध खैरो हेरोईनमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको छ ।