‘महापुरुष’ले ३ दिनमा ३ करोड कमायो

नेपाली कथानक चलचित्र ‘महापुरुष’ले तीन दिनमा ३ करोड २७ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । कात्तिक ११ गतेबाट रिलिज भएको चलचित्रले शुक्रबार, शनिबार र आइतबार तीन दिनमा ३ करोड २७ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हो ।

maya metro hospital

“हामीलाई ३ करोड २७ लाख कलेक्सनको रिपोर्ट आएको छ । केही हलको अझै आउन बाँकी छ,” महापुरुषका कार्यकारी निर्माता रबिन्द्र सिँह बानियाँले भने ।

प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्रमा हरिवंश आचार्य र गौरी मल्ल मुख्य भूमिकामा छन् । हरिवंश र गौरीसँगै रविन्द्र सिँह बानियाँ, अरुण क्षेत्री, रञ्जना बराइली, राजाराम पौडेललगायत कलाकार पनि सिनेमाको मुख्य भूमिकामा छन् ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.